Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपालका लागि इजरायली पूर्वराजदूत गोदारले भने - विपिन ऊर्जावान र क्षमतावान युवा, सधैँ सम्झिरहने छु

नेपालका लागि इजरायली पूर्वराजदूत गोदारले भने - विपिन ऊर्जावान र क्षमतावान युवा, सधैँ सम्झिरहने छु

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले हमास आक्रमणमा ज्यान गुमाएका नेपाली युवक विपिन जोशीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।

पूर्वराजदूत गोदारले सामाजिक सञ्जाल फेसबुकमा विपिनसँगको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको तस्वीर सार्वजनिक गर्दै उनलाई “ऊर्जावान र क्षमतावान युवा” भनेर स्मरण गरेका हुन् ।

गोदारले लेखेका छन्-'दुई वर्षको आशा आज अन्त्य भयो। विपिन ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए, जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे। उनी सधैं मेरो स्मृतिमा रहनेछन्।'

गोदारका अनुसार विपिनलाई उनले इजरायलको लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुनुअघि विमानस्थलमा भेटेका थिए। त्यतिबेला विपिनले देश र परिवारका लागि केही गर्ने दृढ इच्छा व्यक्त गरेका थिए।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी वेपत्ता भएका थिए ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार डिएनए परीक्षणपछि शवको औपचारिक पहिचान गरी परिवारलाई हस्तान्तरण गरिने छ। हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो । त्यसमध्येका एक हुन् विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।

उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तगर्त सन् २०२३ मा इजरायल पुगेका थिए । उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए । सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077