काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच थान रिट निवेदन परेका छन्।
मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।
पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।
ती सबै रिट निवेदनमा असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभालाई पुनःस्थापना गर्न माग गरिएको छ।
रिटमा प्रधानमन्त्री र सरकारले गरेका निर्णय असंवैधानिक रहेको भन्दै कार्यान्वयन हुन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।