Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीका नाममा अख्तियारदेखि सरकारी कार्यालयसम्म आतंक मच्चाउने ठगीका अभियुक्त

जेनजीका नाममा अख्तियारदेखि सरकारी कार्यालयसम्म आतंक मच्चाउने ठगीका अभियुक्त

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । जेनजीका नाममा पछिल्लो समय अनेक समूह बनेका थिए । कतिपय स्वार्थ समूहका कारण सिंगो जेनजी आन्दोलन नै बदनाम हुन थालेको छ।

यसरी बदनाम गराउनेमध्ये एक अर्जुनबहादुर शाही हुन्। जो ठगीका अभियुक्त भएको खुलेको छ। शाही एक समूह लिएर पछिल्लो समय विभिन्न सरकारी कार्यालयमा गएर राजीनामा दिन दबाब दिन थालेका छन् ।

शाहीविरुद्ध प्रहरीमा कम्तीमा चार वटा मुद्दा रहेको खुलेको छ। उनका पीडितहरुले नै यो विषय बाहिर ल्याएका छन् ।

अछाम स्थायी घर भएका शाहीलाई कोरिया पठाइदिने भन्दै होमराज खपाङगी लगायतलाई ठगी गरेको आरोपमा बैदेशिक रोजगार विभागले पक्राउ गरी पाँच महिना थुनामा राखेको थियो।

[caption id="attachment_372326" align="alignnone" width="1000"] तस्विर स्रोत : सामाजिक सञ्जाल[/caption]

त्यस्तै चेक बाउन्स र ठगीको मुद्दामा महाराजगञ्ज वृत्तले समेत उनलाई पक्राउ गरी मुद्दा चलाएको खुलेको छ । उनले अहिलेसम्म पनि पीडितको पैसा दिएका छैनन् ।

अख्तियारका पदाधिकारीदेखि सरकारी कार्यालयका प्रमुखको विरुद्धमा चर्को स्वरमा राजीनामा माग्ने तिनै शाहीबिरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा २०८२ बैशाख ३० गते ठगीमा प्रकाउ गरी कारवाही गरिपाउँ भन्दै श्रीकृष्ण फुयालले उजुरी गरेका थिए ।

उनले खरिद गरेको गाडीदेखि बैदेशिक रोजगारीका निम्ति कोरिया लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गर्दै हिंडेका उनलाई कारबाहीको निम्ति विभिन्न निकायमा पीडितहरुले उजुरी हाल्दै खोजिरहेका थिए ।

तर तिनै शाही केही दिनदेखि विभिन्न सरकारी निकायमा पुग्ने र प्रमुख लगायतका कर्मचारीलाई धम्की दिने, राजीनामा माग्ने गरेका छन् ।

शाही केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर उच्च अधिकारीलाई धम्काइरहेका थिए।

नागरिक उड्डयन प्राधिकरण लगायतमा गएर पनि उनले उच्च अधिकारीलाई राजीनामा दिन निर्देशन दिएको भिडियो आइरहेको छ ।

त्यो देखेपछि उनका पीडितहरु आक्रोशित भएका छन्। शाहीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

शाहीलाई बहिष्कार गर्नुपर्ने माग जेनजी अगुवाभित्रै पनि उठेको छ।

[caption id="attachment_372327" align="alignnone" width="990"] तस्विर स्रोत : सामाजिक सञ्जाल[/caption]

 

[caption id="attachment_372328" align="alignnone" width="1080"] तस्विर स्रोत : सामाजिक सञ्जाल[/caption]

[caption id="attachment_372333" align="alignnone" width="1204"] तस्विर स्रोत : सामाजिक सञ्जाल[/caption]

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077