Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । करिब दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अविवको ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ पुगेर विपिनको शवबारे थप पुष्टि गरेको र नेपाल ल्याउने तयारी अघि बढाइएको जनाएको छ।

मन्त्रालयका अनुसार शव नेपाल ल्याइसकेपछि विपिनको मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षहरूसँग समन्वय जारी राखिनेछ। साथै, परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र सुविधा सम्बन्धमा पनि आवश्यक पहल अघि बढाइने जनाएको छ।

आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल एडेन बार तलसँग टेलिफोन वार्ता गरी जोशीको निधनबारे औपचारिक जानकारी प्राप्त गरेका हुन्।

दुई वर्ष लामो इजरायल–हमास द्वन्द्वपछि भएको युद्धविराम पश्चात् हमासले सोमबार रेडक्रसमार्फत जोशीको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077