Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसमा विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षरसहितको प्रस्ताव आज दर्ता हुँदै

कांग्रेसमा विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षरसहितको प्रस्ताव आज दर्ता हुँदै

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन मागसहित संकलित हस्ताक्षर प्रस्ताव आज दिउँसो ३ बजे दर्ता गरिने भएको छ ।

पटक–पटक सर्दै आएको हस्ताक्षरसहितको प्रस्ताव आज अन्ततः पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गरिने तयारी भएको हो ।

मंगलबार बिहान १० बजे नै प्रस्ताव दर्ता गर्ने योजना भए पनि सभापति शेरबहादुर देउवाको सम्बोधनपछि प्रक्रिया रोकिएको थियो । त्यसपछि बैठकमा देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई तोकेर बाहिरिएका थिए ।

तर, प्रस्ताव पेस गर्ने क्रममा खड्का पनि कार्यालयबाट बाहिरिएपछि दर्ता प्रक्रिया स्थगित भएको थियो। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार अब कार्यवाहक सभापति खड्काले दिउँसो ३ बजेका लागि समय तोकेका छन्।

हालको विवादको मूलमा ‘जेनजी आन्दोलन’ पनि रहेको छ। सभापति देउवामाथि भएको आक्रमणपछि पार्टीभित्र असन्तुष्ट समूहले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस तीव्र पारेको थियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्दै पार्टीमा नयाँ नेतृत्व र विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै आएका छन्।

डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरूको पहलमा हस्ताक्षर संकलन गरिएको हो । सो हस्ताक्षरमार्फत संस्थापनइतर समूहले देउवा नेतृत्वमाथि दबाब बढाउँदै पार्टीलाई नयाँ दिशातर्फ लैजाने लक्ष्य राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077