काठमाडौं । जेनजी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाडेका छन् ।
संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोका अनुसार सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नु परेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले राष्ट्रपतिले देश छाडेको तर उनी कहाँ छन् भन्ने स्पष्ट नरहेको जनाएको छ । मेडागास्करको राष्ट्रपति कार्यालयका कर्मचारीले पनि राष्ट्रपतिले देश छोडेको पुष्टि गरे ।
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति राजोएलिनाले आफ्नो जीवन बचाउन सुरक्षित ठाउँमा सर्नु परेको बताए ।