काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको स्रोतले जनाएको छ।
विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आइपियूको १५१ अौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ।
उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षसहित पाँच जनाको प्रतिनिधि मण्डल जेनेभा जाँदैछ।
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि यस विषयमा छलफल गरेका थिए ।