Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बुधवार , आश्विन २९, २०८२

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका ६ कि ५५ वर्षिया गंगा कार्की र महालक्ष्मी नगरपालिका -९ का ६० वर्षिय डिल्लीराम बराल रहेका छन्। कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिए।

दुर्घटनामा अन्य ६ जना यात्रुहरू घाइते भएका छन्।

घाइते हुनेमा धनकुटा नगरपालिका-४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी-९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका-९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका-८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया-७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका-७ की सिर्जना जिमी रहेका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस उकालो टायर पड्किएर दुर्घटना भएको भनिए पनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077