Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायलमा मारिएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन

इजरायलमा मारिएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । इजरायलमा हमासद्वारा अपहरणपछि ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा जेनजी पुस्ताका युवाहरूले बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्।

कृषि विषय अध्ययनका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सन् २०२३ अक्टोबर ७ मा इजरायल पुगेका जोशीलाई सोही दिन हमासले अपहरण गरेको थियो।

करिब दुई वर्षसम्म उनको अवस्था अज्ञात रहँदा हालै उनको मृत्यु पुष्टि भएपछि देशभर शोकको लहर फैलिएको हो।

दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

उनीहरूले निर्दोष नेपाली विद्यार्थीले युद्धको क्रूरतामा ज्यान गुमाउनुपरेको घटनाप्रति गहिरो दुःख र आक्रोश प्रकट गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077