Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी, खान अयोग्य

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी, खान अयोग्य

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो ।

मकवानपुरमा उत्पादित अकबरे खुर्सानीमा विषादीको मात्रा भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई कालीमाटीले जनाएको छ ।

मकवानपुरबाट ल्याइएको पसल नम्बर ६४७ मा बिक्रीका लागि राखिएको अकबरेमा ४९.०३२ प्रतिशत र पसल नम्बर ६६३ मा राखिएको अकबरेमा ५१.४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको जनाएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

यसअघि पनि सोमबार मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत उक्त विषादीको मात्रा भेटिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077