Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे प्रधानमन्त्री र मन्त्रीसहित जेनजी प्रतिनिधिसँग संवाद

राष्ट्रपति पौडेलले गरे प्रधानमन्त्री र मन्त्रीसहित जेनजी प्रतिनिधिसँग संवाद

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूलाई साथमा लिएर जेनजी आन्दोलनका प्रतिनिधिसँग शीतल निवासमा विशेष छलफल सुरु गरेका छन् ।

सरकारले गठन भएको एक महिना पूरा हुँदासमेत पूर्णता नपाएपछि र जेनजी पक्षका मागहरूलाई सम्बोधन गर्न कठिनाइ भएपछि राष्ट्रपतिले सीधा पहल थालेका हुन् ।

राष्ट्रपति पौडेलको नेतृत्वमा भइरहेको छलफलमा जेनजी आन्दोलनका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।

बैठकमा भ्रष्टाचार नियन्त्रण, सुशासन सुनिश्चितता, बेरोजगारी समाधान, र राज्य सुधारसम्बन्धी मागहरूबारे छलफल भइरहेको छ ।

राष्ट्रपति पौडेलले यसअघि पनि जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग अनौपचारिक संवाद गरी एकजुट भएर ठोस प्रस्तावका साथ आउन आग्रह गरेका थिए । तर पछिल्ला दिनमा आन्दोलन आन्तरिक रूपमा विभिन्न समूहमा विभाजित भएपछि मागहरूको स्पष्ट स्वरूप निर्धारणमा चुनौती देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077