Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजीहरूलाई राष्ट्रपतिले भने - निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न लागौँ

जेनजीहरूलाई राष्ट्रपतिले भने - निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न लागौँ

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई राष्ट्रको भविष्य र न्यायको मार्ग तय गर्ने महायज्ञका रूपमा लिन जेनजी युवाहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा विहिबार अन्तरिम सरकारसँगै जेनजी अभियान्ताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले भने, 'युवा पुस्ताले अघि बढाएको आन्दोलनको उद्देश्य देश भ्रष्टाचार, नातावाद र कृपावादमुक्त बन्नु हो र सही व्यक्तिहरू देश नेतृत्वमा आउनुपर्ने हो।'

उनले यो चुनावलाई सामान्य प्रक्रिया होइन, राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिनुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले जेनजीलाई सम्बोधन गर्दै भने, 'यो चुनावमा तपाईं युवाहरूले अघि सरेर इमान्दार र सक्षम प्रतिनिधिहरूको जित सुनिश्चित गर्नुहोस्, भ्रष्ट र बदमासहरूले जित्न नपाओस्। त्यसपछि देश न्याय र सुशासनको मार्गमा अघि बढ्नुपर्छ र युवाहरूले बाध्य भएर विदेश पलायन हुनु नपरोस्।'

राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा आफ्नो भूमिका कार्यकारी नभए पनि, आन्दोलनकारीहरूको सम्मान गर्न सरकारलाई समेत सहभागी गराएर जेनजी प्रतिनिधिहरूसँग छलफल गरेको उल्लेख गरे। उनले बाँकी मागहरूका विषयमा सरकारले ध्यान दिने स्पष्ट पारेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077