Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्या भण्डारीसँग कुरा गर्छु, सदस्यताबारे निर्णय गर्न सकिन्छ : ओली

विद्या भण्डारीसँग कुरा गर्छु, सदस्यताबारे निर्णय गर्न सकिन्छ : ओली

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद गर्ने बताएका छन् ।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा उनले भण्डारीले आफूलाई फोन गरे पनि तत्काल उठाउन नसकेको जानकारी गराएका हुन् ।

'विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, म व्यस्त भएकाले उठाउन पाइनँ। बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु,'
ओलीले बैठकमा भनेका थिए।

ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता पुनः सक्रिय गर्ने सम्भावनाबारे पनि संकेत दिएका छन्।
उनले भने, 'मैले पहिल्यै भनेको हो, सदस्यताका लागि निवेदन दिनुहोस् । उहाँले अहिलेसम्म दिनुभएको छैन। दिनुभयो भने निर्णय गर्न सकिन्छ।'

उनका अनुसार, भण्डारीले औपचारिक निवेदन दिएमा पार्टीले त्यसबारे सकारात्मक निर्णय लिन सक्ने अवस्था रहनेछ।

बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निरन्तरता दिने पक्षमा मत व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077