Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेशा व्यवसाय सञ्चालनका लागि भय रहित वातावरण सिर्जना गर्न नेपाल प्रहरी दृढ छ : एआईजी कार्की

पेशा व्यवसाय सञ्चालनका लागि भय रहित वातावरण सिर्जना गर्न नेपाल प्रहरी दृढ छ : एआईजी कार्की

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । काठमाडौं प्रहरी परिसरद्वारा आयोजित “MEET & GREET WITH COMMUNITY” कार्यक्रम काठमाडौं उपत्यकामा उत्साहपूर्वक सम्पन्न भएको छ।

भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको पुनर्निर्माण र पुनर्स्थापनामा सहकार्य गर्ने समुदायका प्रतिनिधिहरूसँग संवाद र धन्यवाद ज्ञापनका उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

प्रहरी वृत्त महाराजगञ्जगौशालामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की प्रमुख अतिथि रहेका थिए।

एआईजी कार्कीले प्रहरी सेवामा जनसहभागिता र विश्वास अभिवृद्धिमा समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै सबै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरे।

उनले भने, 'नेपाल प्रहरी समाजप्रतिको जिम्मेवारी बोध गर्दै स्वच्छ, पारदर्शी, व्यावसायिक र नागरिकमैत्री सेवा प्रदान गर्न प्रतिबद्ध छ। हामी सबैको सहकार्यले मात्रै अपराधमुक्त र भयमुक्त समाज सम्भव हुन्छ।'

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले समुदायसँगको सहकार्य अपराध नियन्त्रणको आधार रहेको उल्लेख गर्दै भने, 'समाजमा हुने कुनै पनि गैरकानुनी गतिविधि कानुनको दायरामा ल्याउन हामी दृढ छौं। यस यात्रामा समुदायको निरन्तर सहयोग अपेक्षित छ।'

यसै क्रममा, प्रहरी वृत्त कालीमाटीमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराई प्रमुख अतिथि रहे। उनले नागरिकको सहयोगले प्रहरीको मनोबलमा सकारात्मक प्रभाव परेको भन्दै सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077