Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न आईजीपीको निर्देशन

निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न आईजीपीको निर्देशन

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी परिचालन गरिएको बताएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ः सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताए ।

यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवम् पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उनको छ ।

आईजीपी कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए ।

साथै विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना/रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जाल मार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077