Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आगामी निर्वाचनका लागि ७० हजारभन्दा बढी नयाँ मतदाता थपिए

आगामी निर्वाचनका लागि ७० हजारभन्दा बढी नयाँ मतदाता थपिए

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि ७० हजार ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार, २०६४ साल फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले यस निर्वाचनमा भाग लिन सक्ने छन् ।

आयोगले हाल अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। तर, फोटो खिचाउने प्रक्रिया भने नजिकैको जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमै पूरा गर्नुपर्ने आयोगले जनाएको छ ।

२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा करिब १ करोड ८० लाख मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै आगामी निर्वाचनमा मतदाताको संख्या अझ बढ्ने आयोगको अनुमान छ।

आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ। उक्त मितिपछि अनलाइन फाराम भर्न नसकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

आयोगले नागरिकलाई तोकिएको समयसीमाभित्र नाम दर्ता गरी आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077