Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता, कुल १६ पुग्यो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता, कुल १६ पुग्यो

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट निवेदन दर्ता भएका छन् । यसअघि ११ रिट निवेदन दर्ता भइसकेका थिए।

प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर र संसद् पुनःस्थापना लगायत विषयमा उत्प्रेषण र परमादेश आदेशको माग गर्दै अहिलेसम्म कुल १६ रिट निवेदन दर्ता भइसकेका छन् । दर्ता भएका सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुनेछन् ।

सुनुवाइको लागि कात्तिक १२ गते पेसी तोकिएको छ । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट भएको थियो।

त्यसपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन बाहेक सबै काम स्थगित गरिएको थियो। तर, गत असोज २८ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ पुनः खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन पनि पेस हुन थालेका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल, विपिन ढकाल लगायत रहेका छन् ।

गत असोज २६ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले रिट निवेदन दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077