Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबार भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं ओर्लिएका थिए पूर्वउर्जामन्त्री दीपक खड्का

आइतबार भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं ओर्लिएका थिए पूर्वउर्जामन्त्री दीपक खड्का

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि विदेश भागेको भनेका पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएको खुलेको छ ।

विमानस्थल स्रोतका अनुसार खड्का भारतबाट सडकमार्ग हुँदै काठमाडौं आएका हुन्।

आइतबार दिउँसो ४ बजे उनी झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएका थिए। आन्दोलन लगत्तै खड्का परिवारसहित सडकमार्गबाट भारत गएको सूचना राज्यका विभिन्न निकायमा पुगेको थियो।

खड्काले आफु परिवारको उपचारका लागि भारत गएको र नभागेको सोमबार बुढानिलकण्ठस्थित आफ्नै घरमा उपस्थित भएका पत्रकारहरुलाई वताएका थिए।

उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको वताएका थिए।

आफुविरुद्ध वारेन्ट पनि जारी नभएको र राज्यले कही नजानु समेत नभनेको उनको भनाई छ।

जेनजी आन्दोलनमा उनको घरबाट ठूलो परिणाममा पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077