Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२४ भदौ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो: पूर्वमन्त्री दीपक खड्का

२४ भदौ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो: पूर्वमन्त्री दीपक खड्का

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन्।

उनले भने- 'नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ ।'

खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने हुँदा सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने बताए।

उनले सबै केन्द्रीय पदाधिकारीसमेत बुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानुकूल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गरे।

पार्टीको महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने, राष्ट्रिय पुँजी निर्माणको नेतृत्व लिन पार्टीले सबैसँग सहकार्य गर्दे अगाडि बढ्नुपर्ने, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको हुँदा प्रस्ट नीतिसहित अन्तर्राष्ट्रिय सम्बन्धहरु बलियो बनाउन कांग्रेसले पहल गर्नुपर्ने धारणा बैठकमा राखेका थिए।

खड्काले गत २३ र २४ भदौको घटनामा पार्टीका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाप्रति भएको सांघातिक आक्रमणको निन्दा गरे। उनले जेनजी पुस्ताले उठाएको आवाजलाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए। यस्तै उनले २४ गतेको घटना राष्ट्रमाथिको आक्रमण, लोकतन्त्रमाथिको आक्रमण र वामे सर्दै गरेको नेपालको अर्थतन्त्रमाथिको आक्रमण भएको बताए।

उक्त घटनामा संलग्न कांग्रेसलाई पार्टी निष्कासन गर्दै सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पार्टीले सुरक्षा निकायसँग मिलेर हरेक वडामा ‘नागरिक सुरक्षा समिति’ गठन गर्नुपर्ने बताए। २४ गतेको विध्वंस घटनालाई राष्ट्रमाथिको आतंकवाद हो भनी पार्टीले निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077