Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको घर ओलीका निकटस्थ एमाले नेताले जलाएको खुलासा

गगन थापाको घर ओलीका निकटस्थ एमाले नेताले जलाएको खुलासा

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो घरमा एमालेकै नेताले जलाएको दाबी गरेका छन्।

कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा नेता थापा स्वयम्ले यसको खुलासा गरेका हुन्।

प्रधानमन्त्रीकै दलको र आफ्नै निर्वाचन क्षेत्रमा चुनाव समेत लडेको व्यक्ति समेत आफ्नो घरमा आगनजनी गर्न गएको उनको भनाई छ। आगजनी गर्ने व्यक्ति तत्कालिन प्रधानमन्त्रीकै निकटस्थ भएको थापाको भनाई छ।

स्रोतका अनुसार उनले एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठलाई भनेका हुन्। श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा चुनाव लडेर हारेका थिए।

सो वडामा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका थिए।

गत २४ भदौको जेनजी आन्दोलनमा काठमाडौं–३० रातोपुलस्थित थापाको घरमा आगजनी र लुटपाट भएको थियो।

यसमा केही नयाँ पार्टीका र केही पुराना पार्टीका कार्यकर्ता संलग्न रहेको थापाले बताउँदै आएका छन्।

उनको घरबाट फ्रिज लगायत सामान चोर्ने एक जना पक्राउ परिसकेका छन्। नेताको घरमा आगजनी गर्नेमाथि भने पक्राउ गर्नेरगर्नेमा प्रहरी अलमलमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077