Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ गगन थापाको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

यस्तो छ गगन थापाको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी रहेको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महामन्त्री  थापाले राजनीतिक प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि’ नारासहितको प्रस्ताव राखेका हुन् ।

महामन्त्री थापाले जेनजी विद्रोहकै कारण कांग्रेस नयाँ नेतृत्व चयन गर्नेगरी विशेष महाधिवेशनको अवस्थासम्म आइपुगेको स्पष्ट पारेका छन् ।

‘प्रस्तावमा भनिएको छ- 'देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रुपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित सम्मुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रुपमा पुनःस्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ । पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै नवीन उर्जा, उत्साह, एकता र रुपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आज हामीले संकल्प गर्दछौँ ।’

यसअघि महामन्त्री  शर्माले ‘बदलिएको देश–बदल्नुपर्ने कांग्रेस । सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ नारासहितको प्रस्ताव राखेका छन्।  जसमा पार्टीबाट २ पटक भन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरिएको छ ।

यस्तै आजै बन्दसत्रमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा समेत गरेको छ ।

महाधिवेशनको बन्दसत्रले पारित गरेको विशेष महाधिवेशन कार्यविधि-२०८२ (नयाँ पार्टी सभापति निर्वाचित गर्ने कार्यविधि) मा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ ।

(पूर्णपाठ)

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077