Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने गगन थापाको दावी

संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने गगन थापाको दावी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कारबाहीमा परेका महामन्त्री गगन थापाले संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन्।

पार्टीको केन्द्रीय समितिले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आकस्मिक सम्बोधन गर्दं महामन्त्री थापाले संविधान माथिको विश्वासका आधारमा आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने बताएका हुन्।

उनले भने–‘संविधानमाथि विश्वासको आधारमा कानुनमाथि विश्वासको आधारमा पार्टीको विधानमाथिको विश्वासको आधारमा यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको संविधान र निर्वाचन आयोगले उसैलाई मान्छ । यो लडाईं हो, अभियान हो । कांग्रेस यही छ, यही रहन्छ । यहाँ उभिने हो कि जहाँ सबै कुरा सकिएको छ त्यहाँ सोच्ने हो ?’

त्यसकारण पार्टीको झन्डा र चुनाव चिह्न के होला भनेर चिन्ता नलिन उनले आग्रह गरे। उनले भने–‘यहाँ साथीहरूले झन्डा के होला, रूख के होला भन्ने चिन्ता लिनु पर्दैन । कांग्रेस दुइटा भए पो झन्डा के होला, रूख के होला भन्ने चिन्ता। यहीँ छ, यहीँ रहन्छ। कहाँ जान्छ ? कसले लान्छ ?’

उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताए ।

उनले भने–‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं । सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’

साथै उनले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको पनि बताएका छन् । सम्बोधनका क्रममा उनले भने–‘हामीलाई कारबाही गरेको सुनेका छौँ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२÷०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौँ भनेर हट्ने होइन ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077