काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नको कुराकानीमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ? भन्ने प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले ‘त्यसमा त कुनै डाउट नै भएन नि १’ भन्दै जवाफ फार्काएका छन् ।
कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि पहिलोपटक अन्तर्वार्तामा बसेको भन्दै थापाले यसलाई घोषणा नै भन्न सकिने बताएका हुन्।
थापाले थप भनेका छन्–‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’