Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सानाइ ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

सानाइ ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

मंगलवार , कार्तिक ४, २०८२

एजेन्सी । जापानकी सानाइ ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

६४ वर्षीया तकाइचीले संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् ।

योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको बीबीसीले जनाएको छ ।

तल्लो सदनका सांसदले ताकाइचीलाई जापानको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्दा उनले २३७ मत प्राप्त गरिन् । यो संख्या सामान्य बहुमतका निम्ति आवश्यकभन्दा बढी हो ।

बेलायती दिवंगत पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक ६४ वर्षीया यी रूढिवादी नेत्रीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ । प्रधानमन्त्री बन्ने उनको यो तेस्रो प्रयास हो । ‘स्क्यान्डल’ले ग्रस्त उनको पार्टी एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ ।

उनी एलडीपीको कट्टरपन्थी खेमासँग निकट छिन् । दिवंगत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक चेलीका रूपमा उनी परिचित छिन् ।

उनीसामु सुस्त अर्थतन्त्रको सामना गर्ने, अमेरिका–जापान सम्बन्धलाई स्थिर राख्ने र स्क्यान्डल तथा आन्तरिक द्वन्द्वले हल्लिएको सत्तारूढ दललाई एकजुट बनाउनेजस्ता धेरै चुनौती छन् । जापानमा उनी ‘आयरन लेडी’ को रूपमा परिचित छिन् ।

तेस्रो प्रयासपछि उनी जापानकी प्रधानमन्त्री बनेकी हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077