Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति यादव

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति यादव

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत् ११४६ ले काठमाडौं उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिंगो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताएका छन् ।

उपराष्ट्रपति यादवले नेपाल संवत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवत्ले सो कुरा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो राष्ट्रिय संवतको नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुनस् शुभकामना व्यक्त गर्दछु।’

नेपाल संवतलाई मौलिक संवतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई यस शुभ दिनमा हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ। उनले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गरेको लोककल्याणकारी, निःस्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077