Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीका लागि गुण्डुमै कुटी बनाइदिने महेश बस्नेतको घोषणा, बालकोटको घर मर्मत नगरिने

ओलीका लागि गुण्डुमै कुटी बनाइदिने महेश बस्नेतको घोषणा, बालकोटको घर मर्मत नगरिने

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने घोषणा गरेका छन् ।

आज जेनजी आन्दोलनका क्रममा जलेको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन् ।

बस्नेतले भने- 'उहाँको परिवारमा बच्चाबच्चा नभएकाले उहाँलाई धेरै जग्गा जमिन चाहिँदैन । उ बेलामा भए राम कुटी भन्थे अहिले ओली कुटीका हिसाबले हामी उहाँहरुलाई नजिकै गुण्डु त्यो चाहिँ २ नम्बर वडा सूर्यविनायकको हामी चाहिँ ७ नम्बर वडामा बस्ने वासस्थानको व्यवस्था चाहिँ हामी गुण्डुमा गराइदिन्छौं । हामी गुण्डुमा उहाँलाई बस्ने एउटा नामै ओली कुटी राखेर बनाइदिँदैछौं । उहाँ बस्नको लागि हामी बालकोटमा थप खर्च गर्दैनौं ।'

बस्नेतले आन्दोलनकारीले जलाइदिएको ओलीको घर मर्मत नगरेर गुण्डुमै ओली कुटी बनाइदिने बताए ।

बालकोटको घर ओलीको मात्रै नभएर राष्ट्रिय सम्पति भएको उनले दाबी गरे ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077