Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकापछि ईयूले रुसमाथि लगायो नयाँ प्रतिबन्ध, पुटिनले दिए आणविक अभ्यासको आदेश

अमेरिकापछि ईयूले रुसमाथि लगायो नयाँ प्रतिबन्ध, पुटिनले दिए आणविक अभ्यासको आदेश

शुक्रवार , कार्तिक ७, २०८२

एजेन्सी । युरोपेली संघ (ईयू)ले रुसमाथि नयाँ, अर्थात् १९औँ चरणको प्रतिबन्ध प्याकेज स्वीकृत गरेको छ ।

बुधबार स्वीकृत यस प्याकेजमा रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) को आयातमा रोक, छद्म तेल ट्यांकरहरूको नेटवर्कमाथि कारबाही र रुसको वित्तीय प्रणालीमा नयाँ प्रतिबन्धको व्यवस्था गरिएको छ ।

ईयूको यो कदम एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रुसी तेल उद्योगमाथि लगाइएका नयाँ प्रतिबन्धपछि आएको हो । विश्लेषकहरूका अनुसार पश्चिमी मुलुकहरूको यो संयुक्त दबाबले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्यका लागि वार्तामा ल्याउने उद्देश्य राखेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयूको निर्णयलाई ठूलो उपलब्धिका रूपमा स्वागत गरेका छन्। उनले ब्रसेल्समा प्रतिक्रिया दिँदै भने, 'हामी यस क्षणको पर्खाइमा थियौँ — यो प्रतिबन्ध अत्यन्तै महत्वपूर्ण छ।'

यता, प्रतिबन्धको प्रतिक्रियास्वरूप रुसी राष्ट्रपति पुटिनले बुधबार आफ्नो रणनीतिक आणविक बलको अभ्यास सञ्चालन गर्न आदेश दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077