Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रष्टाचार काण्डमा मुछिएका रुसका पूर्व उपरक्षामन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय

भ्रष्टाचार काण्डमा मुछिएका रुसका पूर्व उपरक्षामन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । रुस का पूर्व उपरक्षामन्त्री पावेल पोपोभ लाई भ्रष्टाचार मुद्दामा १९ वर्षको कठोर जेल सजाय सुनाइएको छ । सन् २०२४ मा पक्राउ परेका उनीविरुद्ध मस्कोस्थित विशाल सैन्य थीम पार्कसँग सम्बन्धित वित्तीय अनियमितताको आरोप लागेको थियो ।

उक्त ‘सैन्य डिज्नील्यान्ड’ भनेर चिनिने प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई सोइगु को पहलमा निर्माण गरिएको हो। युवा पुस्तामा राष्ट्रवाद प्रवर्द्धन गर्ने उद्देश्यले बनाइएको यस पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, संग्रहालय, सम्मेलन केन्द्र तथा सोभियत र रुसी सैनिकहरूको मोजाइकसहित विशाल क्याथेड्रलसमेत समावेश छन्।

क्रेमलिन का अनुसार राष्ट्रपति भ्लादिमिर पुटिन ले उक्त क्याथेड्रलका लागि प्रयोग गरिएको मुख्य आइकन निर्माणमा व्यक्तिगत आर्थिक सहयोगसमेत गरेका थिए।

सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार पोपोभ पार्कको विकास र मर्मतसम्भारको जिम्मेवारीमा थिए। अनुसन्धानले उनले मस्को क्षेत्रमा आफ्नै निजी सम्पत्ति पुनर्निर्माणका लागि पार्कको बजेटबाट २ करोड ५० लाख रुबलभन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।

त्यस्तै तासका अनुसार अदालतले उनलाई ८ करोड ५० लाख रुबल ९करिब ११ लाख अमेरिकी डलर० जरिवानासमेत तोकेको छ। पोपोभले भने आरोप अस्वीकार गर्दै फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

यसै प्रकरणमा प्याट्रियट पार्कका निर्देशक तथा रक्षा मन्त्रालयको इनोभेसन विभागका सहायक मेजर जनरल भ्लादिमिर सिश्तेरोभ लाई ६ वर्षको जेल सजाय सुनाइएको छ भने अर्का एक अधिकारीलाई ५ वर्ष कैद तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077