Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म विदेशी एजेन्ट होइन, नेपाली नागरिक हुँ : सुदन गुरुङ

म विदेशी एजेन्ट होइन, नेपाली नागरिक हुँ : सुदन गुरुङ

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफूलाई विदेशी एजेन्टका रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। उनले जेनजी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा जेन–जी युनाइटेडले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै गुरुङले भने-'सुदन विदेशी एजेन्ट हो भन्दैछन्। मलाई कहिले भारतीय, कहिले भुटानी एजेन्ट बनाइएको छ।'

गुरुङले आफू शुद्ध नेपाली नागरिक भएको स्पष्ट गर्दै भने-'गोरखाका सीडीओलाई फोन गरेर सोध्दा हुन्छ — मैले पहिलो नागरिकता कहिले लिएँ, दोस्रो र तेस्रो प्रतिलिपी कहिले लिएँ। त्यसपछि थाहा हुन्छ म नेपाली हुँ कि होइन। आँखा चिम्से भयो भन्दैमा भुटानी, अलि कालो भए भन्दैमा भारतीय भन्न मिल्दैन।'

उनले आरोप लगाए कि नेताहरूले ‘फुटाऊ र राज गर’ रणनीति प्रयोग गरेर जेनजी आन्दोलनलाई विभाजित गर्न खोजिरहेका छन्। 'हामी अहिले देशका लागि लडिरहेका छौँ,' उनले जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077