Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्ध्र प्रदेशमा बसमा आगलागी, कम्तीमा १२ जनाको मृत्यु

आन्ध्र प्रदेशमा बसमा आगलागी, कम्तीमा १२ जनाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८२

एजेन्सी । भारतको आन्ध्र प्रदेशको कुर्नूल जिल्लाको चिन्नाटेकुर नजिकै बसमा आगो लाग्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

हैदरावादबाट बेंगलुरु जाँदै गरेको बस बिहान एउटा निजी ट्राभल्स बस दुई पाङ्ग्रे सवारी साधनसँग ठोक्किएपछि आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आगलागीमा केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा कम्तीमा ४० यात्री सवार थिए। यी मध्ये १८ जनाको जीवित पहिचान भएको छ। प्रहरीले धेरै शव पूर्ण रूपमा जलेकोले पहिचान गर्न गाह्रो भएको बताएको छ।

आधिकारिक स्रोतका अनुसार घटना बिहान ३स्३० बजेतिर भएको थियो। बस जलेर नष्ट भएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077