Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

शुक्रवार , कार्तिक ७, २०८२

रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमाना झारमारेमा शुक्रबार दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

खंगलाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट करीब ७०० मिटर तल खसेको हो ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । हालसम्म आठ जनाको शव फेला परिसकेको छ भने पाँच जना गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको बताइएको छ ।

दुर्घटनामा चालक टोपजंग बुढा गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार जीपमा सिट क्षमताभन्दा बढी यात्रु सवार थिए, जसका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077