Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा दिने प्रतिबद्धता

ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा दिने प्रतिबद्धता

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कुराकानीका क्रममा अर्थमन्त्री  खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेकोले विचलित नभई सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।

अर्थमन्त्री खनालले भने- 'तपाईँहरू आत्तिनु भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कति पनि विचलित नभएर व्यवसायलाई निरन्तरता दिनुहोस् ।'

यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने बताइएको छ ।

जेनजी आन्दोलनका नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको हो।

शुक्रबार आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने भन्दै सुचना जारी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077