Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले वार्ताका लागि बोलायो भने स्वागत गर्छौं, अब देशले समाधान चाहेको छ : दुर्गा प्रसाई

सरकारले वार्ताका लागि बोलायो भने स्वागत गर्छौं, अब देशले समाधान चाहेको छ : दुर्गा प्रसाई

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले सरकारले आफूलाई वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसको स्वागत गर्ने बताएका छन् ।

उनले जनताको आवाज सुन्ने कदमलाई सकारात्मक भन्दै अहिलेको सरकारले जिम्मेवारीबोधका साथ पहल गरेको मूल्यांकन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रसाईले भने, “यदि सरकारले हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्छौं। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”

तर उनले चेतावनीस्वरूप थपे, “वार्ता गर्न बोलाउँदैमा मात्रै होइन — राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077