Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौतिपूर्ण लक्ष्य

अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौतिपूर्ण लक्ष्य

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । नेपाललाई आइसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।

पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे। १३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।

त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मित रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले। त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।

नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप‌ लामिछानेले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए।

त्यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आरिफ शेखद्वारा क्याच आउट भए। शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुलशन झाबाट क्याच आउट भए।

नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो। ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए। पाँचौं क्रमका ब्याटर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार इनिङ खेले। हर्मित सिंह अविजित १६ रनमा रहे।

बलिङमा सन्दीपले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, दिपेन्द्र र आरिफले‌ समान १ विकेट लिए।

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077