काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन् ।
मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री शर्मासँगै युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि शपथ लिएका थिए ।
पदभार ग्रहण लगत्तै पहिलो निर्णयका रूपमा मन्त्री शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत अन्य व्यक्तिहरुका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।
मन्त्री गौतमले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन्।
उनले भनिन्- 'कुनैपनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन्। त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ। म सचिवको रुपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो। प्रशासनिक रुपमा जति गर्नुपथ्र्यो गरेँ। तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि। त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ।'
पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी गौतम तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहेकी थिइन्।