Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मासिक दुई अर्बभन्दा बढी खर्च हुन थालेपछि बीमा रकम भुक्तानी गर्न सकेनौँ: स्वास्थ्यमन्त्री गौतम

मासिक दुई अर्बभन्दा बढी खर्च हुन थालेपछि बीमा रकम भुक्तानी गर्न सकेनौँ: स्वास्थ्यमन्त्री गौतम

बिहिवार , माघ १५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि मासिक दुई अर्बभन्दा बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्न नसक्ने बताएकी छन्।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले चालु आवमा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालू वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन्।

शर्माले भनिन्- 'बीमामा जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेटभन्दा धेरै बढी दाबी हुन थाल्यो। यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो। महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो। त्यो दिनसक्ने अवस्था छैन। त्यसकारण बिमालाई सुधार गर्नुपर्ने अवस्था छ‚ त्यो गर्दै छौँ।'

उनले बीमाका लागि विनियोजित बजेटभन्दा बढी रकम बिमामा दाबी हुन थालेको बताइन्। असीमित खर्च हुँदै गएकाले बिमाको पुर्संरचना गर्न जरुरी रहेको उल्लेख गरिन्। बिमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताइन्।

पछिल्लो समय आर्थिक अभावका कारण बीमा कार्यक्रम सञ्चालनमा गम्भीर समस्या देखिँदै आएको छ ।

स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढ्दै जाँदा बीमा बोर्ड चर्को दबाबमा परेको छ ।

हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै ठुला सरकारी अस्पतालहरूले सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077