Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एचपिभी खोप सुरक्षित छ, ढुक्कसँग लगाउनुहोस्: स्वास्थ्यमन्त्री गौतम

एचपिभी खोप सुरक्षित छ, ढुक्कसँग लगाउनुहोस्: स्वास्थ्यमन्त्री गौतम

आइतवार , माघ २५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले एचपिभी खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई आह्वान गरेकी छन्।

आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी हुन् ।

पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताउँदै उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको  क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गरिन् । 

मन्त्री गौतमले भनिन्- 'पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो। उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ ।'

नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चार जनाको ज्यान जाने गरेको छ ।

त्यसैले सरकारले गत वर्षदेखि क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले एचपिभी खोप अभियान सञ्चालन गरेको छ।

सरकारले आजदेखि फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन थालेको छ।

यस्तै गत वर्षको खोप अभियानमा छुटेका विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्षका किशोरीलाई पनि खोप लगाइने गौतमले बताइन् ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077