Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ: मन्त्री गौतम

स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ: मन्त्री गौतम

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य कर कोषबाट संकलित बजेट स्वास्थ्य मन्त्रालयमै खर्च हुनुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य कर कोषको सम्पूर्ण बजेट स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने बताएकी हुन् ।

मन्त्री गौतमले स्वास्थ्य करबाट विशेषगरी धूम्रपानजन्य वस्तुबाट उठेको रकमसमेत स्वास्थ्य क्षेत्रमा पूर्ण रूपमा नआएको उल्लेख गरिन् ।

उनले भनिन्- ‘अब सरकार र अर्थ मन्त्रालयलाई दबाब दिनुपर्छ, तर इभिडेन्सको आधारमा विश्लेषण गरेर प्रमाणसहित बजेट माग गरिनुपर्छ, केवल पैसा मागेर मात्रै हुँदैन ।’

उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, तिनका समाधान र आवश्यक बजेटको स्पष्ट आधार प्रस्तुत गरेमा मात्रै सरकारले स्रोत व्यवस्थापन गर्ने स्पष्ट पारिन् । देशको समग्र आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर बजेट माग गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077