Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री र कानूनमन्त्रीलाई लिएर छठ पर्वको दिन गृहप्रदेश जाँदै खेलकुदमन्त्री, उर्जामन्त्री भारत जाँदै

गृहमन्त्री र कानूनमन्त्रीलाई लिएर छठ पर्वको दिन गृहप्रदेश जाँदै खेलकुदमन्त्री, उर्जामन्त्री भारत जाँदै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा व्यवस्था अध्ययनका लागि आज मधेस प्रदेश जाँदैछन्।

गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सोमबार मधेस प्रदेश जाने भएका हुन्।

गुप्ताले आइतबार मात्रै मन्त्री पदको सपथ लिएका हुन् । उनी मन्त्री बनेको भोलिपल्टै गृहप्रदेश जाने भएका हुन् ।

उनीहरूसँगै गृहमन्त्रालयका सचिव रामेश्वर दंगाल पनि मधेस जानेछन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनी सोमबार जनकपुर जानेछन्।

उनीहरू सोमबार र मंगलबार मधेसमै रहनेछन्। यसबीचमा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गर्ने तयारी छ।

त्यस्तै त्यहाँ छठसम्बन्धी कार्यक्रममा पनि उनीहरू सहभागी हुनेछन्। सोमबार नै ऊर्जामन्त्री कुलमान घिसिङ भारत जाँदैछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077