Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्री बब्लुको अमेरिका भ्रमणबारे एनआरएनए अमेरिकाले भन्यो - हामीसँग कुनै सम्बन्ध छैन

मन्त्री बब्लुको अमेरिका भ्रमणबारे एनआरएनए अमेरिकाले भन्यो - हामीसँग कुनै सम्बन्ध छैन

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणसँग आफ्नो संस्थाको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

संघले जारी गरेको आधिकारिक विज्ञप्तिमा मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट उल्लेख गरिएको छ ।

साथै एनआरएनए अमेरिकाको तर्फबाट युवा, खेलकुद वा अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको संघले जनाएको छ।

हाल मन्त्री गुप्ताको अमेरिका भ्रमण विभिन्न विवादमा तानिएको बेला संघको यस्तो स्पष्टिकरण आएको हो।

विज्ञप्तिमा संघको नाम, पहिचान तथा ईआईएन नम्बर दुरुपयोग गरी गरिएका कुनै पनि गतिविधि पूर्ण रूपमा अनधिकृत र अवैध हुने उल्लेख गर्दै यस्ता कार्यप्रति सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077