Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिजिट भिसा काण्डमा मुछिएका बब्लु गुप्ताले दिए पदबाट राजीनामा

भिजिट भिसा काण्डमा मुछिएका बब्लु गुप्ताले दिए पदबाट राजीनामा

सोमवार , माघ ५, २०८२

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पद छाडेका हुन् ।

सोमबार सार्वजनिक बिदा भएकाले गुप्ताको राजीनामा अहिलेसम्म औपचारिक रूपमा स्वीकृत भइनसकेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकारमा रहेका र राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित तथा चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई आफ्नो जिम्मेवारी छोडेर चुनावी तयारीमा लाग्न निर्देशन दिएकी थिइन्।

गुप्ताको राजीनामाको पृष्ठभूमिमा भिजिट भिसामा अमेरिका जाने विषयले उत्पन्न गरेको विवाद पनि प्रमुख कारण बनेको छ।

त्यसैगरी, बब्लु गुप्ता पछिल्लो समय विभिन्न राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिए ।

यद्यपि, हालसम्म गुप्ताले प्रत्यक्ष रूपमा चुनावी उम्मेदवारी दर्ता गर्ने घोषणा भने गरेका छैनन् । तर उनको राजीनामालाई आगामी निर्वाचन केन्द्रित राजनीतिक तयारीसँग जोडेर हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077