Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् गगन थापाको घर जलाउने ओली निटक एमाले नेता श्रेष्ठ (तस्विरसहित)

यी हुन् गगन थापाको घर जलाउने ओली निटक एमाले नेता श्रेष्ठ (तस्विरसहित)

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घर एमालेका युवा नेताले जलाएको खुलेको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा रातोपुलस्थित गगन थापाको पनि घर जलाइएको थियो ।

त्यतिबेला थापाको घर जलाउन एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठ पुगेको तस्विरहरु यतिबेला भाइरल भएका छन् । श्रेष्ठ तिनै व्यक्ति हुन्, जो काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा चुनाव लडेर हारेका थिए।

सो वडामा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका थिए। एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका श्रेष्ठ थापाको घरभित्रै पसेको तस्विरहरु यतिबेला भाइरल बनेका छन् ।

हुनत महामन्त्री थापाले केही दिन अघि आफ्नो घरमा एमालेकै नेताले जलाएको दाबी गरेका थिए । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा नेता थापाले प्रधानमन्त्रीकै दलको र आफ्नै निर्वाचन क्षेत्रमा चुनाव समेत लडेको व्यक्ति आफ्नो घरमा आगनजनी गर्न आएको बताएका थिए ।

आगजनी गर्ने व्यक्ति तत्कालिन प्रधानमन्त्रीकै निकटस्थ भएको थापाको भनाई थियो । गत २४ भदौको जेनजी आन्दोलनमा काठमाडौं–३० रातोपुलस्थित थापाको घरमा आगजनी र लुटपाट भएको थियो।

यो टनामा समा केही नयाँ पार्टीका र केही पुराना पार्टीका कार्यकर्ता संलग्न रहेको थापाले आरोप लगाउँदै आएका छन् ।

उनको घरबाट फ्रिज लगायत सामान चोर्ने एक जना पक्राउ परिसकेका छन् भने आगजनी गरेको आरोप लागेकाहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077