Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री हटाउन मेयर बालेनका आसपासकाले हरसंभव प्रयास गरिरहेका छन्: ईःईः

गृहमन्त्री हटाउन मेयर बालेनका आसपासकाले हरसंभव प्रयास गरिरहेका छन्: ईःईः

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि विकसित अन्तरिम सरकार गठनको प्रक्रियाभित्र ठुलो भूराजनीतिक प्रतिस्पर्धा चलेको अभियन्ता ईःईःले खुलाएका छन् ।

उनले आज आफ्नो फेसबुक पोस्टमार्फत सुरुमा प्रधानमन्त्रीका लागि बालेन्द्र शाह र त्यसपछि रवि लामिछानेलाई प्राथमिकतामा राखिएको, तर परिस्थिति विकराल बनेपछि योजना फेरिएको उल्लेख गरेका छन्।

केपी शर्मा ओलीको तत्कालीन सरकार ढलेपछि दोस्रो प्राथमिकतामा रवि लामिछाने भए पनि विकराल परिस्थितिले उनको ओज घटाइदिएको उनले उल्लेख गरेका छन् ।

भदौ २५ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास भए पनि संविधानका विषयमा फरक मत सर्वस्वीकार्य हुन नसकेपछि त्यो सम्भव नभएको उनले उल्लेख गरेका छन् ।

उनले अन्ततः सर्वस्वीकार्य र विश्वासयोग्य व्यक्तिको आवश्यकता महसुस गरी सुशीला कार्कीलाई अगाडि ल्याइएको बताएका छन् । बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्‍टता भएका कारण उनले मौका गुमाएको उनको बुझाइ छ । यसमा राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण बालेन्द्र बाट टाढिएका र विधिसम्मत ढङ्गले चल्नुपर्छ भन्ने अडान राख्ने ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो। त्यसैले, सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै पनि प्रधानमन्त्रीले उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान लिएको उनले बताएका छन्।

उनले लेखेका छन्- 'पूर्ण vacuum र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना ! कस्तो निर्लज्जता !'

ईःईःले अहिले पनि अर्याल हटाएर गृहमन्त्रीका रूपमा महानगर प्रहरी प्रमुख राजु पाण्डे वा मीरा चौधरीलाई प्राथमिकता दिने प्रयत्न बालेन र उनका आसपासकाले गरिरहेका खुलाएका छन् ।

साथै ईः ले थप दुर्घटना टार्न सबै पक्ष सचेत हुन जरुरी देखिएको बताएका छन्। उनले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनैपर्ने र जवाफदेहिता तथा न्याय ओहदा नहेरी स्थापित हुनुपर्ने माग गरेका छन्।

समयमा चुनाव हुनैपर्ने समाजको लागि उपयुक्त निकास भएको उनको जोड छ।

'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077