Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेनले आज लिए सांसदको शपथ, भोलि प्रधानमन्त्रीको लिँदै

बालेनले आज लिए सांसदको शपथ, भोलि प्रधानमन्त्रीको लिँदै

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं।  नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराएका हुन्।

२७४ जनासंगै आज सांसदको शपथ लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले शुक्रबार प्रधानमन्त्रीका रुपमा शपथ लिँदैछन्। 

रास्वपाले आज केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकबाट बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिनेछ ।

यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।

सोहि अनुसार रास्वपाले बरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउन लागेको हो । 

बालेनको सपथग्रहणको शुभ साइत शुक्रवार (राम नवमीको दिन) मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

सपथग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक बाचन र १०७ बौद्ध लामा गुरुहरुले मंगलवाचन गर्नेछन्  ।

यसैगरी समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउन ७ जना ब्राम्हणले शंखनाद गर्ने तयारी रहेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ । दुई तिहाई नजिक सिट प्राप्त गरेपछि रास्वपाले चैत्र १३ गते सरकार बनाउन लागेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077