काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् ।
आज बिहान रवि लामिछाने र बालेनबीच आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने सहमति भएको थियो ।
उक्त सहमतिपछि बालेन शाह पक्षका ४० र बाँकी ७० रास्वपा पक्षका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले बतायो । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ ।
“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।
निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ ।