Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घन्टीघर पुगेको केहि मिनेटमै बाहिरिए बालेन

घन्टीघर पुगेको केहि मिनेटमै बाहिरिए बालेन

आइतवार , माघ ४, २०८२

काठमाडौं । पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय गएका बालेन्द्र शाह (बालेन) केही मिनेट मात्रै बसेर बाहिरिएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै शाह वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेका शाह र सभापति रवि लामिछानेले एकसाथ घण्टी बजाएका थिए।

त्यसपछि कार्यालयभित्र छिरेर पद बहाली गर्दै बालेन केही मिनेटमै बाहिरिएका हुन् ।

रास्वपा र शाहबीच पुस १३ गते ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार शाहलाई आगामी निर्वाचनमा रास्वपाको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा अघि सारिने छ ।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम पनि छ ।

उक्त बैठकपछि आजै रास्वपा सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु जनकपुर जाँदैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077