Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओलीसँग चुनाव लड्ने तयारीमा बालेन, माघ ४ गते मेयर पदबाट राजीनामा दिँदै

ओलीसँग चुनाव लड्ने तयारीमा बालेन, माघ ४ गते मेयर पदबाट राजीनामा दिँदै

सोमवार , पौष २८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।

‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ४ गते राजीनामा आउँछ, ‘मेयर सचिवालयका एक सदस्यले भने ।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। यसका लागि मेयर बालेनले आइतबार ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग डेढ घन्टा छलफल गरेका थिए।

झापा–५ बाट ओली लगातार चुनाव जित्दै आएका छन्। २०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।

रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077