Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ हुने

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो । भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्कीको सिफारिसमा सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077