Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३५ जना सवार बस दमकमा दुर्घटना : एकको मृत्यु, २१ घाइते

३५ जना सवार बस दमकमा दुर्घटना : एकको मृत्यु, २१ घाइते

बुधवार , कार्तिक १२, २०८२

झापा । दमक नगरपालिका–२ पांगिनीचोक नजिक गएराति यात्रीवाहक बस दुर्घटना भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य २० जना उपचारपछि घर फर्केका छन्।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077