Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले युएईलाई दियो २ सय ३४ रनको लक्ष्य

नेपालले युएईलाई दियो २ सय ३४ रनको लक्ष्य

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स ९यूएईले० विरुद्धको खेलमा नेपालले जितका लागि २ सय ३४ रनको चुनौती दिएको छ।

दुबईमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै १० विकेट गुमाउँदै २ सय ३३ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे।

१ सय ३० बल खेलेका रोहितले ५ चौका र दुई छक्का प्रहार गर्दै १ सय ९ रनको महत्वपूर्ण योगदान गरे।

उनको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय शतक हो। यसअघि उनले पपुवान्यूगिनि (पीएनजी) विरुद्ध शतक प्रहार गरेका थिए।

युएईविरुद्ध आसिफ शेखले ३५,आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउँदा गुल्सन झा शून्यमा आउट भए।

करण केसीले १३,कुशल भुर्तेलले ७,सोमपाल कामीले ६ र भीम सार्कीले ३ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

केहीबेरमा युएईले जवाफी व्याटिङ गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077